माओवादी केन्द्र : संसदीय दलको बैठक बस्दै

काठमाडौं : माओवादी केन्द्रले आज बिहान संसदीय दलको बैठक बोलाएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न आज विहान १० बजे उक्त बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उहाँको भनाई छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक विहान साडे ११ बजे बोलाइएको छ ।

मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार