खोटाङमा दश वर्षमासाढे ३० हजार जनसंख्या घट्यो

  नेपालन्यूजसाईट समाचारदाता

खोटाङ :  खोटाङमा १० बर्षको अवधीमा साढे ३० हजारजनसंख्या घटेको छ । तथ्यांक विभागले हालै सार्वजनिक गरेको नेपालको जनसंख्या २०७८ को प्रारम्भिक नतिजा अनुसार जिल्लाको उक्त जनसंख्या घटेको पाईएको हो ।

२०७८ को जनगणना अनुसार खोटाङको कुल संख्या १ लाख ७५ हजार ३ सय ४० रहेको छ । तर १० वर्ष अघि गरिएको जनगणनामा खोटाङको कुल संख्या २ लाख ६ हजार ३ सय १२ रहेको थियो । जसअनुसार खोटाङको जनसंख्या १० वर्षको अवधीमा ३० हजार ६ सय ७२ ले कमी देखिएको हो ।

रोजगारीको अभाव, स्वास्थ्य, शिक्षाको अभाव आदि कारण बसाईसराई गरेर शहर पस्नुलगायतका कारण जनसंख्या घटेको जिल्लाबासी बताउँछन् । रोजगारीको सिलसिलमा ठूलो संख्या विदेशमा रहनु पनि जनसंख्या घट्नुको कारण हुने बिज्ञहरुको तर्क रहेको छ ।

यसैबीच, नेपालको जनसंख्या २०७८ अनुसार खोटाङ सबैभन्दा बढी जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लामा दोस्रोमा परेको छ । तथ्यांक विभागले माइनस १ दशमलब ५६ प्रतिशतले ऋणात्मक देखिएको जनाएको छ ।

पहिलो नम्बरमा भने रामेछाप देखिएको छ । रामेछापको जनसंख्या माइनस १ दशमलब ६५ प्रतिशतले ऋणात्मक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार