साेलुखुम्बु : किराँत राई कर्मचारी मञ्च जिल्ला कार्यसमित सोलुखुम्बुको अध्यक्षमा कुल बहादुर राई चयन हुनुभएको छ । आज सम्पन्न जिल्ला कार्यसमितिको बैठकले राईको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बन्दना राई, सचिवमा रमण राई, सहसचिवमा बिशाल बाबु राई र कोषध्यक्षमा तिलक बहादुर राई सर्वसहमत चयन हुनुभएको छ । यस्तै जिल्ला संयोजकमा दिनेश कुमार राई र सहसंयोजकमा जोगानाथ राई र गंगामनि राई चयन हुनुभएको छ ।
यस्तै, बैठकले सबै स्थानीय तहमा फागुन महिनाभित्र किराँत राई कर्मचारी मञ्च गठन गर्ने र माघ महिनादेखि हरेक महिना नियमित बैठक बस्ने समेत निर्णय गरेको नवनिर्वाचित सचिव रमण राईले जानकारी दिनुभयो ।