सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले स्थानीय तह अनुसार सेवा प्रवाह गर्ने भएको छ । कोरोना संक्रमणदर बढ्दै गएकाले तथा कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड लागेकाले आउदो आइतबारबाट स्थानीय तह अनुसार सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिनुभयो ।
प्रशासनले जारी गरेको सूचना अनुसार आइतबार खुम्बु पासाङ ल्हामु र लिखुपिके गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने छ । यस्तै सोमबार माहाकुलुङ र सोताङ गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने छ भने मंगलबार सोलुदुधकुण्ड नगरपालिका, बुधबार माप्य दुधकोशी, बिहिबार थुलुङ दुधकोशी र शुक्रबार नेचासल्यान गाउँपालिका भित्रका नागरिकहरुलाई सेवा प्रवाह गर्ने प्रशासन कार्यालय साेलुखुम्बुले जनाएकाे छ ।







