सर्वदलीय बैठक बस्दै, एमाले सहभागी नहुने

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : प्रधानमन्त्री शेरबहादुर देउवाको आवहनमा सर्वदलीय बैठक बस्ने भएको छ । अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्ने गरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा निर्वाचनका बारेमा छलफल हुने छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन । त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेट्नुभएको थियो ।

तर प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान आह्वान गरेका सर्वदलीय बैठकबारे जानकारी नभएको जनाएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको बताउँनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार