पश्चिमी वायुको प्रभाव कायमै, देशभर बदली, केहि स्थानमा हिमपात

काठमाडौं :पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा-हिमपात भइरहेको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ । यस्तै, राति पनि देशका एक÷दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ ।

पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद् ले बताएका छन । हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम अझै घट्नसक्ने महासाखाले जनाएको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार