सोलुखुम्बुमा १४ र ओखलढुंगामा ९ जनामा कोरोना पुष्टि

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २ दिनमा २८ जनाको एण्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सोलु दुधकुण्ड नगरपालिका भित्रका ९ जना र सोताङ गाउँपालिकाका ५ जना रहेका छन ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्याको २ हजार २ सय १ पुगेको छ । जिल्लामा हाल २८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन । जिल्लामा कोरोना संक्रमणदर तिब्र गतिमा फैलिन थालेकाले सावधानी अपनाउन स्वास्थ्य कार्यालयले जनाएको छ ।

ओखलढुङगामा ९ जना थपिए
ओखलढुङगामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ जनाको एण्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ओखलढुङगाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा सिद्धिचरण नगरपालिकाका ६ जना, चिसङखुगढी गाउँपालिकाका २ जना र चम्पादेबी गाउँपालिकाका १ जना रहेका छन । यो सँगै जिल्लामा कोरोना संक्रमितको सख्या २ हजार २ सय १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार