साेलुखुम्बु : नेकपा माओवादी केन्द्र लिखुपिके गाउँपालिका गाउँ कमिटीको अध्यक्षमा शंकर बस्नेत चयन हुनुभएको छ । शनिबार सम्पन्न ऐतिहासिक गाउँ सम्मेलनबाट बस्नेतको अध्यक्षतामा ५५ सदस्य गाउँ कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षहरुमा फुरे तामाङ, कैलाश बस्नेत र देबीलाल बिश्वकर्मा चयन हुनुभएको सञ्चारकर्मी उद्धक बस्नेतले जानकारी दिनुभयो । यस्तै सचिवमा कमल बस्नेत र कोषाध्यक्षमा गायत्री खतिवडा सर्वसहमत चयन हुनुभएको माओवादी केन्द्र लिखुपिकेले जनाएको छ । यस्तै प्रदेश प्रतिनिधिमा डम्बरबहादुर बस्नेत, जेनी शेर्पा, प्रमिला बस्नेत र देउता बस्नेत चयन हुनुभएको छ ।