सल्लेरीमा सम्पन्न भलिबलको उपाधी महिलातर्फ ओखलढुंगा र पुरुषतर्फ सोताङलाई  

  नेपालन्यूजसाईट समाचारदाता

साेलुखुम्बु :  सल्लेरीमा सम्पन्न प्रदेश नं. १ महिला र सोलुखुम्बु जिल्ला स्थानीय तह समान रासी पुरुष भलिबल खेलमा महिला तर्फ जिल्ला खेलकुद बिकास समिति ओखलढुंगा र पुरुष तर्फ निश्चल निशानी निर्माण सेवा सोताङले उपाधि जितेको छ ।

बिहिबार साँझ सम्पन्न महिला तर्फको फाइनल खेलमा जिल्ला खेलकुद विकास समिति खोटाङलाई सोझो सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको भलिबल खेलका अन्तराष्ट्रिय रेफ्रि बिकास गुरुङले जानकारी दिनुभयो । यस्तै महिला तर्फ माप्यदुधकोशी सोलुखुम्बुलाई पराजित गर्दै जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ ।


यस्तै पुरुष तर्फ माप्यदुधकोशी निलोलाई हराउँदै सोलुदुधकुण्ड नगरपालिका १० तृतीय भएको आयोजकले जनाएको छ । स्टार युथक्लवको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ७ समुहको सहभागिता रहेको थियो ।

राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक साँझ सहित आयोजना गरिएको भलिबल खेलमा जिल्ला संगै झापा, खोटाङ र ओखलढुंगा जिल्लाका खेलाडी सहभागि थिए । हिमाली जिल्लाको इातिहासमा पहिलोपटक सोलुखुम्बुमा रात्रीकालिन खेल खेलाईएको छ ।

लिक चरणमा भएको खेल निर्धारित समयमा सक्नको लागि बिजुली बत्तिको व्यवस्था गरि राति ९ बजे सम्म खेल खेलाईएको थियो । बत्तिको मजबुत व्यस्थापन गरिएकाले खासै समस्या नभएको भलिब रेफ्रि गुरुङको भनाई छ ।
प्रतियोगतिमा प्रथम, द्धितीय र तृतीय हुने समुहले क्रमश नगद रु.१ लाख ५० हजार, १ लाख र ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला पुरुष समान रासीको पुरस्कार सोलुखुम्बु जिल्लाका संघीय सांसद हेम कुमार राई (शुरवीर)ले प्रदान गर्नुभयो । मंसिर ५ गते प्रदेश नं. १ का आन्तरिक मामिला तथा आर्थ मन्त्री इन्द्र बहादुर आङबोले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार