काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गर्नु भएको छ ।
रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा दाबी गर्नु भएको छ । े चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भन्नु भयो , ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।
उहाँले रौतहटवासीलगायत माओवादी नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न निर्देशन समेत दिनु भयो । संविधानमार्फत ग्यारेन्टी गरेको संघीयता, समावेशी, समानुपातिक अधिकारलाई बचाउन माओवादीले आगामी चुनाव जित्नु पर्ने भन्दै दाहालले आक्रमक भएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गर्नु भएको छ ।