सोलुखुम्बु : बिहिबार हुने नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा पार्टीका सोलुखुम्बु सदस्य एवम् सूचना सञ्चार एवम् प्रचार विभाग प्रमुख नाविन थापाले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराउँनुभएको छ । २०५६ सालमा नेपाल विद्यार्थी संघ जीवन ज्योती मावि नेले इकाइ समितिको सभापतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका थापाले यस पटक महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिनुभएको हो ।
नेपाल विद्यार्थी संघको जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य समेत बन्नुभएका थापा यस अघि काँगेल गाउँ विकास समितिको काँग्रेस पार्टी सभापतिको जिम्मेवारी समेत कुशलता पुर्वक सम्पन्न गरिसक्नुभएको छ ।
लोकतान्त्रीक आन्दोलनका क्रममा जेल जीवन समेत बिताउनुपरेको अनुभव सुनाउनुहने नेता थापाले आफ्नो जित निश्चित रहेको दावी गर्नुभयो । उहाँले सबैलाई मतदान गरि बिजय गराउन आग्रह समेत गर्नुभयो । उहाँले पुर्व जिल्ला पार्टी सभापति आङगेलु शेर्पा समुहबाट उम्मेद्वारी दिनुभएको हो ।