देशमा भ्रष्टाचारले सिमा नाघ्यो : माधव नेपाल

काठमाडौं : सत्तासाझेदार नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

आईतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो ।

उहाँले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गर्नुभयो । उहाँले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो बिरोध रहेको बताउनुभयो ।

उहाँले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटो भन्दा छिटो फास्ट ट्रयाकको काम सक्ने रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार