लियोनल मेसीको बार्सिलोनासँगको सम्झौता समाप्त

एजेन्सी :  चर्चित फुटबलर लियोनल मेसीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको छ । मेसी अब कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् ।

युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेसीलाई आवद्ध गराउन सक्ने चर्चा रहेको छ । बार्सिलोना छाड्ने पछिल्ला १२ महिनाको कोशिश पछि मेसी अनुबन्धबाट बाहिर आएका छन् । बार्सिलोनाको एकेडेमीबाट आएका मेसीले आफ्नो सम्पुर्ण करियर क्लबमै बिताए ।

तर पछिल्लो समय कुनै पनि ठुला प्रतियोगिता जित्ने योजना बन्न नसकेपछि मेसी क्लबसँग असन्तुष्ट थिए । उनले गत सिजननै पहिलो पटक क्लब छाड्ने निर्णय गरेका थिए । तर सम्झौताको बुँदा देखाउँदै क्लबले उनलाई रोकेर राखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार