संक्रमितको लागि हेलि चार्टरको बाध्यता, साँढे तीनलाख भाडा

खोटाङ : खोटाङका कोरोना संक्रमित लगायतका बिरामीलाई काठमाण्डौं पु¥याउन महंगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । कोरोना महामारीमा एम्बुलेन्सको असहजताका साथै बिरामीलाई तत्कालै उपचारमा पु¥याउनुपर्ने बाध्यताले हेलि चार्टरको अवस्था आएको हो ।

सोमबार दिक्तेल बजारको कोरोना संक्रमित करिव ६५ बर्षीय पुरुषलाई तीन लाख ५० हजार रुपैंयाँमा हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको छ । केही दिनदेखि जिल्ला अस्पतालमा उपचार गराई राखिएको संक्रमितलाई थप उपचारमा काठमाण्डौंको अस्पताल लैजान महंगो भाडामा हेलि चार्टर गर्नुपरेको हो ।

यसअघि, जेठ ५ गते ऐसेलुखर्क गाउँपालिकाका एक परिवारले उपचारमा जान तीन लाख २० हजार रुपैंयाँमा हेलिकोप्टर चार्टर गरेको थियो । एकै परिवारका तीन संक्रमितको लागि महंगो भाडामा हेलि चार्टर गर्नुपरेको हो । संक्रमितको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको थियो । सोही परिवारका ७८ बर्षीय बृद्दको कोरोनाकै कारण मृत्यु भएको थियो । हेलिकोप्टर चार्टरमा पाउन पनि मुस्किल परेको उक्त गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाको भनाई छ ।

यस्तै, ‘प्रेसर लो’को समस्या देखा परी बिरामी भएका दिक्तेलबजार निवासी राप्रपाका जिल्ला अध्यक्ष ५६ बर्षीय जीवनकुमार श्रेष्ठलाई गत जेठ ३ गते हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको थियो । जिल्लाभर हाल ८ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

जिल्लामा हाल सम्म कोरोना संक्रमणबाट दुई जनाको मृत्यू भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार