लेखा थुलुङ –
सोलुखुम्बु : नेचासल्यान गाउँपालिकामा थप एक हप्ता बजार बन्द गरिने भएको छ । कोरोनाको जोखिम कायम रहेकाले स्थानीय सरकारको समन्वयमा जेठ २२ गते सम्म बजार बन्द हुने उद्योग वाणिज्य संघ नेचा सल्यानले जनाएको छ ।
बजार खुल्ला भएको अवस्थामा समुदायस्तरमा कोरोनाको जोखिम उच्च भएकाले बन्द गर्नुको विकल्प नभएको उद्योग वाणिज्य संघ नेचासल्यानका सचिव प्रकाश कटेलले जानकारी दिनुभयो ।