मैत्रीपुर्ण खेलमा नेपाल ६-२ अन्तरले पराजित

काठमाडौ : इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६-२ अन्तरले पराजित बनेको छ । गोलरक्षक र डिफेन्सबिचको तालमेलको अभाव हुँदा नेपाल पराजित बन्न पुगेको हो । पहिलो हाफको ३८ मिनेटसम्म अग्रता बनाएको नेपाली टिम त्यसपछिको अवधिमा भने घरेलु टोली सामु निरिह देखिएको थियो । खेलमा सुरुवाती अग्रता इराकले लिएको थियो । नेपाली डिफेन्डरले फाउल गरेपछि सातौ मिनेटमा पाएको अवसरमा कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरेका थिए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो । तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो । इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो ।  गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरे । मनिषले गोल गरेसँगै इराक विरुद्ध २० बर्षपछि गोल गर्ने खेलाडी समेत बनेका छन् । यसअघि सन् २००१ मा निराजन रायमाझीले २ र हरि खड्काले १ गोल गरेका थिए । ३९ औ मिनेटमा इराकले खेल बराबरीमा ल्यायो । दुर्गाम स्माइलको कर्नर प्रहारलाई मोहम्मद अव्दुल्जाराले पेनाल्टी एरियाबाट हेडर गोल गरेका थिए । त्यसको एक मिनेट नवित्दै नेपाली डिफेन्डर रोहित चन्दको गल्तीको फाइदा उठाउँदै आयमेन हुसेनले अग्रता दिलाए । रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा हुसेनले सहज अवसर पाएका थिए । इन्ज्युरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे । विंगबाट आएको क्रसलाई उनले गरेको हेडर गोलरक्षक किरणको हातमा लाग्दै गोल भएको थियो । पहिलो हाफमा ४–२ ले पछि परेको नेपाल दोश्रो हाफमा नेपाली टिम अझ निरिह देखिन्थ्यो । अधिकाँश समय बल नेपालको डिवक्स आसपासको क्षेत्रमा रहयो । यदपी इराकको प्रहारलाई कप्तान समेत रहेका गोलरक्षक किरणले निस्तेज पारिरहे । ६८ औं मिनेटमा सुमन अर्यालको ब्याक पासको फाइदा उठाउँदै सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका मोहम्मद अलि अलसम्मारीले वान भर्सेस वान गोल गर्दै इराकको अग्रता ५–२ बनाए । खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।
इराकसँग खेलेपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेलका लागि नेपाल कुवेत प्रस्थान गर्नेछ। जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ। नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन। अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार