एक पछि अर्को गीतमा यसरी चम्किदै प्रकाश सपूत

काठमाडौं: गायक प्रकाश सपूत, नेपाली संगित क्षेत्रका एक चीरपरिचित नाम हो । आम नेपालीको मन मुटुको कलाकार बन्न सफल हुनुभएका गायक प्रकाश सपूतले सार्वजनिक गर्ने श्रृजनाले नेपाली दर्शक माझ छुट्टै किसिमको चर्चा पाउने गरेको छ ।

उहाँको नयाँ गीत ’मेरो पनि हैन र यो देश’ छोटो समयमै युट्युबको ट्रेण्डिङको शीर्ष स्थानमा पुगको छ । गीतमा शब्द, संगीत र स्वर प्रकाश एक्लैको छ । उहाँले देशको सांस्कृतिक विविधता र विविधताभित्रको दुःख र वेदनाहरुलाई गीतमार्फत प्रस्तुत गर्न खोज्नु भएको छ ।

राजनीतिक अस्थीरताले ल्याएको विसंगति र व्यथितीलाई गीतमा प्रतिविम्वीत गरेको कारण पनि आम नेपालीले यस गीतलाई आफ्नै गीत सम्झन सकेका हुन् ।जताततै अनियमितता, शक्ति र भक्तिले राज गर्दै गएपछि आम नागरिक एक प्रकारले असहिय भएका छन् ।

यस्तो बेला जनताको बोली बोलिदिएपछि प्रकाश सपूत सबैको हाई हाई नहुने कुरै भएन । यस्तै प्रशंसाको शिखरमा पुग्नुभएको छ प्रकाश । गीतमा हिमाल, पहाड, तराईको सांस्कृतिक पहिचान झल्काउने संगीत, नृत्य तथा लवजलाई प्रस्तुत गर्नुभएको छ ।

नागरिक हुनुमा गौरवसँगै गुनासो पनि भएका नागरिकहरुको कथा गीतमा पोखिएको छ । मेरो पनि हैन र यो देश’ बोलको यो गीतले राष्ट्रिय एकताको भावना बोलेको छ । प्रकाश आफ्नो हरेक गीतमा कुनै न कुनै नौलो श्रृजना भर्ने गर्नुहुन्छ यस गीतमा पनि मौलिकताभित्र रौनकता छरिएको छ ।

यसअघि पनि प्रकाश सपुतले ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ लगायतका गीत बजारमा ल्याइसक्नु भएको छ । यस गीतबाट पनि उहाँले दर्शकहरुको मन जीत्न सफल हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार