काठमाडौं:इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्याटपिल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ४ खेलबाट ६ अंक जोडेको छ । दोस्रो हार ब्यहोरेको मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ ।