जारी आइपिएल क्रिकेटमा राजस्थानको पहिलो जित

काठमाडौं : आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो ।

जितका लागि दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी रहँदै पूरा ग¥यो । राजस्थानका डेभिड मिलरले ६२ र क्रिस मोरिसले ३६ रन बनाए ।

दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएका थिए । दिल्ली पहिलो खेलमा विजयी भएपनि दोस्रो खेलमा भने पराजय भोग्न बाध्य भयो । आइपीएलमा आज पञ्जाब र चेन्नाईबीच प्रतिष्पर्धा हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार