थ्री नेसन्स कपमा नेपालको दोस्रो गोल

काठमाडौं : काठमाडौं दशरथ रंगशालामा जारी खेलमा नेपालले २–० को अग्रता बनाएको छ । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

१८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।
त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर्न नसकेको नेपालले यो १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अञ्जन विष्टले चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार