सोलु एफ.एमलाई गाउँपालिका अध्यक्ष राईकोे सयोग

काठमाडौं :सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आगलागीबाट क्षति भएको सामुदायिक रेडियो सोलु.एफ.एमलाई सयोग गर्नु भएको छ ।

उहाँले प्रसारण अवरुद्ध भएको एफ.एमलाई पुनः प्रसाणको लागी भन्दै व्यक्तिगत तर्फबाट ५० हजार र गाउपालिकाको तर्फबाट २ लाख सयोग गर्नु भएको हो । स्थानीय सरकार प्रमुखको तर्फबाट सहयोगको घोषणा गरेको यो पहिलो हो । उहाँले यस अघि पनि गाउँपालीकाको लागी  थुप्प्र विकासको काम गर्दै आउनु भएको छ ।

सामुदायिक रेडियोमा भएको क्षति र यसबाट पीडित बनेका व्यावस्थापन पक्ष, कर्मचारी, आम श्रोता प्रती सहानुभूति सहित सयोग गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार