काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।
गएराति भएको खेलमा फुलह्यामलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो ।
शीर्ष स्थानमा रहेको सिटीले ७१ अंकसहित शीर्ष स्थानको अग्रता झन बढाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अंक कम रहेको छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा बर्नलीले एभर्टनलाई २–१ गोलले पराजित गरेको छ । यस्तै क्रिष्टल प्यालेसले वेष्ट ब्रुमलाई १–० गोलले पराजित गरेको छ भने लिड्स युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।