काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ग्रानडालाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा एट्लेटिकोले दुई र ग्रानडाले एक गोल गरेको हो । जितसँगै एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ ।
ग्रानडा ३० अंक जोडेर आठौं स्थानमा रहेको छ । गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले अलाभेसमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ ।
पहिलो हाफमा दुई गोलगरेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । दोस्रो हाफमा अलाभेसले सान्त्वना गोल फर्काएको थियो । जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।