काठमाडौं: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मार्सेलीलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।
पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक–एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काएका थिए । यससँगै पीएसजीले १० औं पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ । यस्तै मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो करियरकै पहिलो उपाधि समेत हात पार्न सफल भएका छन् ।
यसअघि लामो समय टोटेनहममा रहेका पोचेटिनोले उपाधि जित्न सकेका थिएनन् । ट्रफी डेस चाम्पियन्सको फाइनलमा लिग वान च्याम्पियन र कोप डे फ्रान्सको विजेताले प्रतिस्पर्धा गर्ने गर्छन ।