काठमाडौं : इंग्लिस प्रिमियर लिग फुुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलअन्तरको हराएको छ । खराव लयबाट गुज्रिरहेको चेल्सीले प्रिमियर लिगका पछिल्ला ६ मध्ये एक खेलमा मात्र विजयी भएको छ ।
१८ औं मिनेटमा फिलिप फोडेनको पासमा गुण्डोगानले सुरुवाती गोल गरेका थिए । त्यसको तीन मिनेटपछि फोडेनले पनि गोल गरेका थिए । ३४ औं मिनेटमा डी ब्रयनले थप गोल गरे ।
घरेलु टोलीका लागि कलम हड्सन ओडोईले खेलको इन्ज्यूरी समयमा सान्त्वना गोल फर्काएका थिए । १७ खेलबाट २६ अंक भएको चेल्सी तालिकाको आठौं स्थानमा रहेको छ । म्यानचेस्टर सिटी १५ खेलबाट २९ अंकसहित तालिकामा पाँचौं स्थानमा रहेको छ ।