जनगणना २०७८ को सन्दर्भ प्रस्तावलाई विशेष प्रथामिकता दिदै सोमबार नेपाल शेर्पा संगले एक अपिल जारी गरिएको छ । २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने १२ औँ राष्ट्रिय जनगणमा सोधिने प्रश्नको उत्तर सही रुपमा टिपाउन अपिल पत्र जारी गरिएको हो ।
संघले जाति÷जाति के हो ? पश्नको को उत्तरः शेर्पा, पूर्खाको भाषा कुन हो ? पश्नको उत्तरः शेर्पा, मातृभाषा कुन हो ? उत्तरमा शेर्पा, देस्रो भाषा कुन हो ? को उत्तरमा नजिकैको कुनै आदिवासी समुदायले बोलिने भाषा वा नेपाली त्यसैगरी धर्म कुन मान्नु हुन्छ भन्ने पश्नको उत्तरमा बौद्ध÷बुद्ध भनेर उल्लेख गर्न पत्रमार्फत शेर्पा समुदायलाई अपिल गरिएको छ । अघिल्लो जनगणनामाकतिपय शेर्पाहरुको थर मात्रै टिपाउने गरेकोमा अब हुने जनगनणमा थरसँगै शेर्पा अनिवार्य लेख्न पनि अपिल गरिएको छ ।
संघले अपिल मार्फत यस विषयमा कुनै दुविधा भएमा स्थानीय जनप्रतिनिधी, शेर्पा शिक्षक कर्मचारी, राजनैतिककर्मी, बुद्धिजिविहरुसँग सल्लाह लिन र सामाजिक अभियान्तहरुले आफ्नो गाउँटोल, छिमेकमा यसरी नै सही तथ्याङ संकलनमा सहयोग गरी दिन समेत अनुरोध पनि गरिएको छ ।
संघले निकट भविष्यमा केन्द्र, प्रदेश र जिल्लास्तरमा जनगणनाको सन्दर्भमा विभिन्न कार्यक्रम तयार गरी अघि बढाइएको समेत जनाएको छ ।