सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न भएको आशंकामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाख १५ गते सगरमाथा राट्रिष्य निकुञ्ज क्षेत्रमा ६ ओटा कस्तुरी मृग पासोमा परि मरेको अवस्थामा फेला परेको थियो । सोही विषयमा आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय नाम्चेले उनीहरुलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका २ का २६ बर्षिय राजेश राई, २७ बर्षिय मदन राई, ३५ बर्षिय रमेश राई र २५ बर्षिय परि कुलुङ रहेका छन् । यस्तै सोही गाउँपालिका ३ छेस्कामका ४९ बर्षिय मृग बहादुर राई, भोजपुरको दिल्पा घर भएका ४९ बर्षिय राजेश राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सालुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालका अनुसार सखुंवासभाको पाहा खोलाका २८ बर्षिय धन कर्ण राई, सोही जिल्लाको सिलिचुङ गाउँपालिका ३ का ३० बर्षिय सङ्खंराम राई र सोहि ठेगानाका ४७ बर्षिय विष्णु राई लाई नाम्चेको प्रहरी टोलिले पक्राउ गरेको छ । निवयन्त्रणमा लिएका ब्याक्तिहरु केहि समय देखि खुम्बु पासङ ल्हमु गाउँपालिका ४ मा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बारम्बार बन्यजस्तु तथा विभिन्न पञ्छिहरुको चोरी शिकारी भईरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । निकुञ्जको कार्यलय नाम्चेमा स्थापना गरेपनि चोरी शिकारी नियन्त्रण नहुनु दुखद भएको स्थानीयको भनाई छ । निकुञ्ज क्षेत्रमा भएको गतिविधिमा बाहिर क्षेत्रबाट आउने मानिसको संलग्नता बढी हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।