चोरीमा संलग्न युवक २ बर्ष पछि पक्राउ

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु ; चोरीमा लग्न भएका एक युवकलाई प्रहरीले २ बर्ष पछि पक्राउ गरेको छ । सदरमुकाम सल्लेरीको विभिन्न पसलमा निर्माण सामाग्रीहरु चोरीमा सलंग्न सोलुदुधुकुण्ड नगरपालिका ११ तिङलाका ३० बर्षका भल बहादुर विश्वकर्मालाई बुधबार सल्लेरीबाटै प्रक्राउ गरेको हो ।

२०७४ साल चैत्त २७ गते सल्लेरीको विभिन्न पसलहरुमा निर्माण सामाग्रीहरु चोरी गरेको भन्दै ब्यवसायी राजकुमार श्रेष्ठ सहितको टोलिले दिएको जाहेरीको आधारमा जिल्ला अदालत सोलुखुम्बुले दोषी ठहर गरेको थियो ।

जिल्ला अदालत सोलुखुम्बुले २०७५ साल जेठ १८ गते निज विश्वकर्मा विरुद्ध १ महिना कैद र १ लाख ४१ हजार रुपैया जरिवानाको फैसला सुनाएको थियो । तर उनी २ बर्ष देखिनै परार रहेका थिए । उनलाई बुधबार विहान ११ः३० बजे सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी स्थीत बसपार्कबाट पक्राउ गरेको प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए। उनका अनुसार पक्राउ परेका विश्वकर्मालाई बुधबारै जिल्ला अदालत सोलुखुम्बुमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार