‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्रलाई

काठमाडौं: मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज(शनिवार) भएको उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।

विस २०६० सालमा पहिलो पटक ’ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो ।

मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।

त्यहीँ विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिगको उपाधि जित्नबाट बन्चित बन्यो । खेलमा मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार