कर्णालीमा जीप खस्यो, चारको मृत्यु एक वेपत्ता

काठमाडौं : बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा घाइते भएका चार जनालाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । उहाँहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो ४ः ३० बजे कोहलपुर लगिएको हो ।

साथै घटनामा मृत्यु भएका चारै जनाको सनाखत भईसकेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रज मोहन कुँबरले गोरखापत्रलाइ बताउनुभयो । साथै बेपत्ता हुनेमा बाजुरा जिल्ला स्वामीकार्नी गाउँ पालिकाका अन्दाजी वर्ष १३ कि सुशीला विक रहेको छ प्रज कुँबरले जानकारी दिनुभयो ।

जीप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हिमाली गाउँपालिका ६ का ३५ वर्षीय पवन भणडारी, जगन्नाथ गाउँपालिकाका २७ वर्षीय रमेश शाही, कैलाली ५ का ३३ वर्षीया दिनेशकुमार घर्ती र एक जनाका सनाखत हुन बाँकी रहकेा प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा नदीमा परी वेपत्ता हुनेमा स्वामी कार्तिका गाउँपालिका ४ की १३ वर्षीया सुशीला विक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार