प्लटिङवालाको धन्दा : एक रोपनी किन्ने, १०औं रोपनी हडप्ने

काठमाडौं – राजधानी काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेका पाइएको छ। सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबिनमा यस्तो तथ्य फेला परेको हो।

प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको पाइएको जानकारी दिएको समाचार राजधानी दैनिकमा छ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार जग्गा प्लटिङ गर्नेहरुले सार्वजनिक जग्गा रहेको स्थान पहिचान गरी त्यसै वरपर केही रोपनी जग्गा किन्ने र समयसँगै सार्वजनिक जग्गा समेत अतिक्रम गरी प्लटिङ गरी बिक्रीवितरण गर्ने गरेको पाइएको छ। छानबिनका क्रममा प्लटिङ गर्नेहरुले एक रोपनी जग्गा किनेर १०औं रोपनीभन्दा बढी अतिक्रमण गरेको पाइएको प्रजिअ दाहालले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार