एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चन बिरामी परेका छन्। अचानक ज्वरो आएपछि आफू राष्ट्रिय फिल्म पुरस्कार समारोहमा पनि सहभागी हुन नसक्ने उनले बताएका छन्। अमिताभ बच्चनले ट्विटरमा लेखेका छन्, ‘मलाई ज्वरो आएको छ, त्यसैले म राष्ट्रिय फिल्म पुरस्कार समारोहमा सहभागी हुन सक्दिनँ।’
नयाँदिल्लीमा आज सोमबार हुन लागेको यो समारोहमा उनलाई २०१८ को दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित गर्न लागिएको छ। अमिताभले ट्विट गर्दै भनेका छन्, मलाई तीव्र ज्वरो आएको छ, स्वास्थ्यले यात्राको लागि स्विकृति दिएको छैन। त्यसैले दिल्लीमा हुने राष्ट्रिय पुरस्कार समारोहमा सहभागी हुन सक्दिनँ।’
सो समारोहमा उपस्थित हुन नसक्नु आफ्ना लागि दुर्भाग्य भएको समेत अमिताभले बताएका छन्। यो पुरस्कारको नाम धुन्डिराज गोविन्द फाल्केको नाममा राखिएको हो। पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ।







