चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिएः लेखराज भट्ट

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् । बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगीको क्रम बढेको उनले बताए । ‘कुनै पनि वस्तु खरिद गर्दा म ठगिन सक्छु । मेरो स्वास्थ्यमा प्रतिकुल असर पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ’, उनले भने । उनले उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको बताए ।

अन्तरक्रियामा अन्य सहभागीहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार