भोजराज कार्की –
सोलुखुम्बु : जिल्लाको विभिन्न महत्वपुर्ण क्षेत्रमा रहेको लाखौ रोपनी सरकारी जग्गा निजिकरण गरिएको छ । करौडौ मुल्य पर्ने सरकारी नामको जग्गा व्यक्तिको नाममा दर्ता गर्न नेपाली काग्रेसका जिल्ला स्तरका नेता तथा समाजका प्रतिष्ठीत व्यक्तिनै लागि परेको तथ्य बाहिरएको छ ।
विभिन्न क्षेत्रका सार्वजानिक जग्गा निजिकरण गर्ने विरुद्ध बुधबार उजुरी समेत दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अधिकार प्रत्यायोजन गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सरकारी कर्मचारीलाई समेत प्रभावीत पारी सार्वजानिक जग्गा निजिकरण गरेको प्रमाण सहित उजुरी दर्ता गरिएको हो ।
साविक जुभिङ गा.वि.स वडा ५ को पर्यटकिय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ५७९, को २ लाख ९८ हजार २ सय ३० बर्गमिटर, कित्ता नम्बर ५८१ को ३ लाख ९८ हजार ५ सय ६० बर्गमिटर जंगललाई स्थानीय बुधमाया थापामगरको नाममा कित्ताकाछ गरि दर्ता गरिएको संलग्न प्रमाणमा उल्लेख गरिएको छ । २०५८ साल श्रावण ३१ गते कित्ता नम्बर ५ सय ७९ कित्ताकाछ हुँदा ६ सय २० नयाँ कित्ता कायम भई ३१ सय बर्गमिटर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको जिल्ला नापि कार्यालयको फिल्डबुकमा उल्लेख गरिएको छ ।
यस्तै सोही मितिमा कित्ता नम्बर ५८१ बाट कित्ताकाछ भई २५ सय बर्गमिटर जग्गा बुधमाया थापामगरकै नाममा दर्ता गरिएको छ । २०७१ साल कात्तिक ७ गतेका दिन उक्त जग्गा कित्ताकाछ गरि विभिन्न व्यक्तिलाई बिक्रि समेत गरिएको छ । करिब २ करोड मुल्यको उक्त जग्गा प्रकरणमा बुधमाया थापामगर, प्रेमबहादुर थापामागर र रामकृष्ण थापामगर समेतको नाम जोडिएको छ । प्रेमबहादुर थापामगर नेपाली काग्रेसका जिल्ला नेता हुनुहुन्छ ।
यस्तै साविक चौरीखर्क गा.वि.स वडा नम्बर ८ स्थीत तेञ्जिङ हिलारी बिमानस्थल नजिकैको ४१९ कित्ता नम्बरको जग्गा समेत निजिकरण गरिएको छ । निवेदनमा उल्लेख भएअनुसार ७६५७. ५ बर्गमिटरको बिरह ढडेन साविक सोताङ ३ घर भई हाल चौरीखर्क ८ बस्ने सुबोध नेपाली र मनमाया नेपालीको नाममा दर्ता गरिएको छ ।
नापि कार्यालयको तथ्याङ्क अनुसार २०६९ साल मंसिर १८ गते कित्ताकाछ गरि सुबोध नेपालीको नाममा कित्तानम्बर ८३३ कायम गरि १०४७.४८ बर्गमिटर जग्गा दर्ता गरिएको छ भने ८३४ कित्तानम्बर कायम गरि ६६२० बर्गमिटरको जग्गा कृष्णबहादुर नेपालीको श्रीमति मनमाया नेपालीको नाममा दर्ता गरिएको छ । सुचना कर्ता बीरउदास श्रेष्ठले निवेदनमा उल्लेख गरेअनुसार उक्त जग्गाको मुल्य करिब ३ करोड रहेको छ ।
यस्तै साविक चौरीखर्क १ स्थित नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ११६ को ८ लाख ३० हजार ८ सय ५० बर्गमिटरको जंगल समेत निजिकरण गरेको पाईएको छ । साविक चौरीखर्क २ बस्ने दावा नुर्वु शेर्पाले २०७० साल साउन १८ गते तीन वटा कित्ता ४५९, ४६०, र ४६१ मा क्षेत्रफल क्रमश ४ हजार १५०, १४१०० र १५५३० वर्गमिटरको जग्गा दर्ता गरेको जिल्ला नापी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्दाजी ४ करोड पर्ने उक्त जग्गा सरकारी कर्मचारीले समेत पदको दुरुपयोग गरि निजिकरण गरेको भन्दै छानबीन गरि कानुन अनुसार कार्वाही गर्न सुचना कर्ता बीरउदास श्रेष्ठले अख्तियार समक्ष माग गर्नुभएको छ
जिल्लाका तीनै जना सांसद र सञ्चारमाध्यमलाई समेत बोधार्थ दिईएको उक्त निवेदन बुधबारनै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिनुभयो । उहाँले निवेदन दर्ता भएको भन्दै छानबीन गरि कार्वाही प्रक्रिया अगाडी बढाउँने बताउँनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भाग ४ को सुचना १ बमोजीम प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्रभित्र पर्ने भएकाले उक्त उजुरी दर्ता गरिएको सुचनाकर्ता श्रेष्ठले बताउँनुभयो । सोलुखुम्बु जिल्ला सहित ४ जिल्लाको अख्तियार हेर्ने सम्पुर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिईएको छ ।