सोलुखुम्बु : सोताङ गाउँपालिका १ पावै बाट एक युवक चन्दा उठाउँदै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्लाको विभिन्न ठाउँमा चन्दा उठाउँदै हिडेको आरोपमा ती युवकलार्ई प्रहरीले प्रक्राउ गरेको हो ।
सादा पोसाकमा खटिएको सोलुखुम्बु प्रहरीले उनलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरीयाले जानकारी दिनुभयो । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा टोली खटिएको छ ।
प्रक्राउ परेका व्यक्तिले फरक फरक नाम भन्ने गरेको भन्दै प्रहरीले उनको बारेमा केहीपनि उल्लेख गरेको छैन । उनि विप्लबका कार्यकर्ता भएको आशंका गरिएपनि प्रहरीले यसको आधिकारीक पुष्टि भने गरेको छैन ।