काठमान्डौ : पत्रकार अर्जुन बोहोराको उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्कघात कारण काठमाडौंको बाँसबारी स्थित न्युरो अस्पतालमा भर्ना भएका पत्रकार बोहोराको उपचारमा आर्थिक अभाव भएको हो ।
यहि असोज १९ गते एक्कासी बेहोस बनेका बोहोराको शरिरको दाइने भाग चल्न छोडेको छ भने आवाज समेत बन्द भएको दाई बिष्णु बोहोराले जानकारी दिए । आर्थिक अभावकै कारण ढिलो गरि उपचारमा ल्याइएको बताउँने उनका दाई बिष्णुले उपचारमा दैनिक १५ देखि २० हजारको दरले खर्च भईरहेको बताए ।
अझै कति दिन अस्पतालमा राख्नुपर्छ भन्ने समेत एक्किन नभएको बताईएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मस्तिष्कको दाहिने भागमा रगत जमेको देखिएको र यसको अन्तिम रिपोर्ट बाट प्रष्ट हुनेछ ।
थाहा मिडियाका हुम्ला संवाददाता समेत रहेका बोहोरा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष हुन् । बोहोराको उपचारका लागि सहयोग गर्न देशभरका थाहा संवाददाता तथा पत्रकारहरुले आर्थिक अभियान संचालन गरिरहेका छन् । उनको उपचारको लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना समेत गरिएको छ । जसको लागि दाई बिष्णु बोहोराको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय सिमिकोट हुम्लाको खाता नम्बर ४१९०००४९२७१० मा सकेको सहयोग रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।