३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईमा पक्राउ

काठमाडौं : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्तलाइ संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरेको छ।

तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानी कर्तामध्ये एक हुन् भन्ने खबर नयाँ पत्रिका दैनिक छ।

दुईसाताअघि पक्राउ परेका कृष्ण गोपाललाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले खोजी सुरु गरेलगत्तै गत वर्ष कृष्ण गोपाल दुबइ गएका थिए। झापा शिवसतासी नगरपालिका–६ का उनी कालु, काले तथा किसनजस्ता उपनामले चिनिन्थे। यस अघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईबाटै पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार