शहिद टेक–मान स्मृति फुटबल प्रतियोगिता सुरु

शुष्मा तिखत्री-
अर्जुनधारा : झापाको अर्जूनधारा नगरपालिका वडा नं. १ टप्पुमा शहिद टेक–मान स्मृति फुुटबल पतियोगिता सुरुभएको छ । तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका अर्जुनधारा १ स्थित सिस्नेका दुई युवा टेकमान लिम्बू र मानबहादुर राईको स्मृतिमा फुटबल प्रतियोगिता गरिएको हो ।

शहीद टेक–मान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त आयोजनामा प्रतियोगिता सुरुभएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो ‘मौसम’ले गरेका थिए । फुटवल प्रतियोगिता उदघाटन गर्दै मन्त्रि आङ्वोले एस्थानीय तह आएपछी खेलकुद क्षेत्रको विकास तिव्र गतिमा भएको र तत्कालिन जनयुद्धका महान सहिदहरुकोे सम्झनामा राखिएको यो प्रतियोगिता प्रशसनीय रहेको बताउँदै खेलको विकास समग्र रास्ट्रको विकास भएका कारण खेलको विकास गर्न प्रदेस सरकार तयार रहेको बताए । उनले टेकमा रंगशाला निर्माणाक लागि प्र्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे । कायक्रममा संविधान सभा सदस्य प्रेम गिरी, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानामागर सहितले संबोधन गरेका थिए ।

आयोजकको बिजयि सुरुवात
प्रदेशस्तरीय शहीद टेक–मान स्मृति फुटबल प्रतियोगितामा आयोजक सयपत्री युवा समूह अर्जुनधाराले विजयी सुरुवात गरेको छ । बुधबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले इलामको तिनघरे युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको २५औँ मिनेटमा आयोजकले पाएको कर्नर प्रहारमा रविन राई हेडमार्फत गोल गरेका थिए । सरोज कार्कीको प्रहारमा रविनले गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो हाफमा एक गोलले पछि परेको तिनघरेले दोस्रो हाफमा दबाब सिर्जना गरे पनि खेललाई बराबरी गर्न सकेनन् । तिनघरेका खेलाडीले गरेका धेरै राम्रा प्रहार आयोजकका गोलरक्षक विवेक मगरले बचाएका थिए । मगर म्यान अफ दी म्याच घोषितहुँदै नगद ३ हजार पुरस्कार समेत पाएका छन् । मगरलाई संविधानसभा सदस्य प्रेम गिरीले पुरस्कृत गरे ।

भोलि बिहीबारको खेल धुलाबारीको रोलिङ क्लब र बिर्तामोडको बिर्तामोड युनाइटेड क्लबबीच खेल हुनेछ । शहीद टेकमान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त आयोजना भएको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछ ।

विजेता टिमको नगद पुरस्कार मानबहादुर राईको परिवार, उपविजेता टिमको नगद पुरस्कार टेकमान लिम्बूको परिवार र तेस्रो हुने टिमको नगद पुरस्कार प्रेम निरौलाले प्रदान गर्ने बताइएको छ । स्थानीय सरकार, वैदेशिक रोजगारीमा रहेका त्यस क्षेत्रका स्थानीय युवा, प्रायोजक र स्थानीयबाट प्राप्त हुने सहयोग नै मुख्य स्रोत रहेको प्रतियोगिता सम्पन्न गर्न अनुमानित सात लाख ५० हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । शहिद टेकमान र मानबहादुरको २०५९ साल असोज १० गते दोहोरा भिडन्तको बाहनामा तत्कालिन शाहि नेपाली सनाले हत्या गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार