यस्तो प्रेमी !! क्यान्सर पिडित प्रेमिकासंग अस्पतालमै विहे गरे, तर विहे गरेको १८ घण्टामै प्रेमिकाले सदाको लागि छाडेर गइन (फोटो/भिडियो सहित)

आजको जमानामा सच्चा माया गर्ने मानिसहरु निकै कम पाइन्छ। प्राय सबै आफ्नो स्वार्थलाई मात्र पूरा गर्ने मानिसहरु भेटिन्छन्। तर अमेरिकामा भने एउटा यस्तो एक जोडी भेटिए। जसको घटनाले तपाईहरुलाई पनि छक्क पार्न सक्छ।

उनीहरु हुन् डेविड र हैदर। डेविड र हैदर अमेरिकाको कनेक्टिकट राज्यका हुन्। यी दुवै दुई वर्षदेखि सँगै बसिरहेका थिए। र पछि उनीहरुले विवाह गर्ने निर्णय गरे।

विवाह गर्ने निर्णय गरेसँगै बीचमा उनीहरुको मायाप्रेममा ठूलो धक्का लाग्यो। अस्पतालमा स्वास्थ्य चेकअपका क्रममा प्रेमिका हैदरलाई ब्रेस्ट क्यान्सर भएको खुल्न आयो। डाक्टरले बताएअनुसार हैदरलाई यस्तो रोग लागेको थियो जसले गर्दा उनको चाडै निधन हुने निश्चित थियो।

यसको बावजुत पनि प्रेमि डेविडले हार मानेन् न त विवाह गर्ने निर्णय नै परिवर्तन गरे। पछि केही दिनमै उनीहरुको अस्पतालमै धुमधामका साथ विवाह भयो। तर विवाहपछि प्रेमिका कहिल्यै घर पुगिनन्। उनको निधन भएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार