काठमाडौं: वैज्ञानिक समाजवादी महिला संठन र जात व्यवस्था उन्मुलन मोर्चा नेपालले शनिबार प्रदेश नं १ को भेला इटहरीमा सम्पन्न गरेको छ । भेलाले कमला श्रेष्ठको संयोजकत्वमा वैज्ञानिक समाजवादी महिला संगठन र प्रविण दर्नालको संयोजकत्वमा जात व्यावस्था उन्मुलन मोर्चा ,नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन गरेकोछ।
भेलालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी महिला संगठनको केन्द्रिय संयोजक एवं वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय सदस्य धनकुमारी सुनार निलमले संसदीय व्यवस्था्बाट महिला ,दलित र उत्पिडित समुदायको मुक्ति संभव नरहेको दावी गर्नु भयो । उहाँले सबैको संघर्ष र आन्दोलनहरुबाट प्राप्त थोरै उपलब्धी समेत गणतन्त्रमा सबैले अपनत्व हुनेगरी प्रयोग नभएको मुठीभर दलाल पुजीवादीहरुले नियन्त्रणमा राखेको भन्दै उत्पिडित समुदायले यो व्यावस्थाबाट आश गर्ने ठाँउ नरहेको पुष्टी गर्नु भयो ।
उहाँले ५१ प्रतिशत महिलाको जनसंख्यालाई संसदीय व्यवस्थाले आफ्नो अनुकुलताका लागि मात्रै प्रयोग गर्ने र जनसंख्याको आधारमा सहभागिता गराउन कुनै पनि हालतमा यो व्यावस्था नलाग्ने भएकोले अब उत्पिडित महिलाहरुले समान सहभागिताका लागि वैज्ञानिक समाजवादी आन्दोलनको पक्षमा लाग्नु पर्ने धारणा राख्नु भयो।
भेलामा जात व्यावस्था उन्मुलन मोर्चा नेपालका संयोजक एवं उक्त पार्टीका केन्द्रिय सदस्य राजकुमार हिङमाङले दलित मुक्तिको प्रश्न जात व्यावस्थासँग संबन्धित रहेकाले जात व्यावस्थाको विरुद्धमा दलितहरुले संघर्ष गर्नु पर्ने बताउनु भएको छ । पार्टीका केन्द्रिय सदस्य बद्धलक्ष्मी महर्जनले सम्पुर्ण उत्पिडित समुदाय अब वैज्ञानिक समाजवादको अभियानमा अघि बढ्नु पर्ने वेला आइसकेको बताउनु भएको छ । भेलामा रोहित हिङमाङ,नेत्र ओझा,नयन नेम्वोङ,बुध्दिराम ठटाल,गणेश हिङमाङ,सुरज लिम्बु लगायतले आ– आफ्नो धारणा राख्नु भएको थियो।







