सोलुखुम्बु: नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको वार्षिक साधारण सभा जिल्ला अध्यक्ष सुवास दर्नालको अध्यक्षतामा सम्पन्न भएको छ। साधारण सभामा शाखाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रममाथि छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लामा पत्रकारिताको अवस्था, सञ्चार क्षेत्रका चुनौती तथा पत्रकारहरूको पेशागत हकहितका विषयमा धारणा राखेका थिए। सभामा बोल्ने वक्ताहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई सुदृढ बनाउन पत्रकारहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताएका थिए। साथै पत्रकारहरूको क्षमता विकास, प्रेस स्वतन्त्रताको संरक्षण तथा सञ्चार क्षेत्रको संस्थागत विकासमा महासंघले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। वार्षिक साधारण सभाले महासंघको संगठनात्मक गतिविधिलाई थप सक्रिय र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको महासंघका अध्यक्ष सुबास दर्नालने जानकारी दिनुभयो ।।







