पूर्व प्रधानमन्त्री प्रचण्डकाे स्वास्थ्य अवस्था स्थिर

काठमाडौंः नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्वासप्रश्वाससम्बन्धी समस्याका कारण नेपाल मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको छ।

नेपाल मेडिसिटी अस्पतालले आइतबार जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार उपचारका क्रममा उहाँमा हल्का निमोनिया संक्रमण देखिएको छ। आवश्यक चिकित्सकीय परीक्षणहरू सम्पन्न गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ र उहाँले उपचारप्रति सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ।

पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न तथा थप चिकित्सकीय निगरानीका लागि उहाँलाई आगामी २ देखि ३ दिनसम्म अस्पतालमै राखिने अस्पतालले जनाएको छ।
अस्पतालले प्रचण्डको स्वास्थ्य अवस्थाप्रति चासो र शुभेच्छा व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै आवश्यकताअनुसार थप जानकारी सार्वजनिक गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार