काठमाडौं : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आफ्नो पार्टी निर्माणको अभियानलाई तिव्र पार्दै आएको छ । प्रदेश नं १मा आहुतिको नेतृत्वमा रहेको पार्टीले प्रदेशका सबै जिल्लाहरुमा विस्तारै आफ्नो पकडलाई विस्तार गर्दै लगेको प्रदेश १ का इन्चार्ज राज कुमार हिङमाङले जानकारी दिनु भएको छ ।
विभिन्न राजनितिक दलबाट आफ्नो पार्टीमा प्रवेश गर्ने सदस्यहरुलाई वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले स्वागत गरेको छ । प्रदेश नं १ को पार्टीको विस्तारित बैठकले प्रदेश कमिटिको सचिवालयमा कमला श्रेष्ठ ,विशाल विश्कर्मा ,सरकारी नेकपाबाट विद्रोह गरेर पार्टीमा आउनु भएका नेत्र ओझा विप्लप नेकपा बाट विद्रोह गरेर आउनु भएका प्रविन दर्नाललाई प्रदेश सचिवालयमा र अन्य सदस्यहरुलाई प्रदेश कमिटिमा थप गरेको छ ।
पार्टी निर्माणका लागि महत्वपुर्ण निर्णय गरेको इन्चार्ज राजकुमार हिङमाङले जानकारी दिनुभएको छ । उक्त पार्टीको मोरङ जिल्ला भेला चन्द्र बहादुर वि कको संयोजकत्वमा र सुनसरी जिल्ला भेला सुरज लिम्बुको संयोजकत्वमा सम्पन्न भएको छ।







