काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिहीबार बसेको सचिवालय बैठक कुनै निर्णय नगरी टुङ्गिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार बसेका बैठक सभामुख चयन र राष्ट्रियसभाको सदस्य पदको निर्वाचनका लागि उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल भए पनि टुङ्गो नलागको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनभयो ।
बैठक पुनः शुक्रबार बस्ने तय भएको छ । यद्यपि बैठकमा राष्ट्रियसभाको उम्मेदवारको नामबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सभामुखको नामबारे टुंगो लगाउन शुक्रबार बिहान साढे आठ बजे फेरी सचिवालय बैठक बस्नेछ।
राष्ट्रिसभाका १८ रिक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।
सभामुखको विषयमा नेकपाले निर्णय गर्न नसक्दा संसदको वैठक पटक–पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ। संसदको बैठक आगामी २७ गतेका लागि बोलाइएको छ।







