सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले पर्यटन क्षेत्रको विकास गरी नेपाललाई आर्थिक समृद्धिमा ल्याउन सरकार सफल हुने बताउनुभएको छ ।
ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुवात गर्दै उहाँले वर्तमान सरकारले नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदामा लगानी गरी नेपाललाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पर्नेमा जोड दिनुभएको हो ।
नेपालमा पर्यटनको क्षेत्रको संरक्षण, प्रवर्द्धन न तथा प्रचारप्रसार गर्नकै निम्ति भ्रमण वर्ष मनाउन थालिएको उहाँको भनाई छ । पौराणिककालदेखि नेपाल तपोभूमि, पवित्रभूमि, ज्ञानभूमिका रूपमा विश्व प्रसिद्ध रहेको उहाँले बताउनुभयो ।
वार्षिक १० लाख बाट कम्तीमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको बताउँदै उहाँले नेपालमा अहिले २५ लाख पाहुनालाई व्यवस्थित आवास तथा अन्य सुविधासहित स्वागत गर्न सकिने अवस्था रहेको दाबी गर्नुभयो ।







