थप ३१२५ संक्रमित थपिए, १९२५ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्ट...

माघसम्म ५ करोड २२ लाख खोप आउँछ : उमेश श्रेष्ठ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी माघभित्र ५ करोड २३ लाख खोप प्राप्त हुने बताउनु भएको छ । सोमबार कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिनु भएको हो । उहाँले चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने बताउनु ...

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ । सोमबार कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नु भएको हो । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि श्रेष्ठले...

थप २,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । भने ६ लाख ५...

थप ३१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१०६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणपछि ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार चौबिस घण्टाभित्र निको हुनेको संख्या १९१६ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको प...

थप ३३६५ संक्रमित थपिए,१३७३ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक...

कोभिड र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु : विश्वनाथ पौडेल

काठमाडौं: योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताउनुभएको छ । बिहीवार पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले अब रेगुलर कामका साथै ओभरल प्लानिङको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई...

थप ३८४० जनामा संक्रमण पुष्टि,३३ जनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा ...

नेपालमा फेरि भेटियो कोरोनाको डेल्टा प्लस भेरियन्ट

काठमाडौं : नेपालमा कोभिड–१९ को डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षण गरिएका ४७ वटा नमुनामध्ये तीनजनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । मन्त्रालयले गत जेठमध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागका फरक–फरक उमेर समूहका ४७ वटा नमुना संकलन गरेर परीक...

तेस्रो लहर आउन नदिन पूर्वतयारीमा जुट्छु : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहर आउन नदिन विज्ञहरूसँग छलफल गरेर पूर्वतयारीमा जुट्ने बताउनु भएको छ। आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपाल ल्याइसकिएका कोरोनाविरूद्धका खोप छिटो लगाउने र बाँकी खोप पनि सरकारले आयात गर्ने ब...