थप ३८४० जनामा संक्रमण पुष्टि,३३ जनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी बताउनु भयो ।

दुवै विधिबाट कुल १५ हजार ८०८ नमुना परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको र ३३ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८५९ जना संक्रमति थपिएका छन्।

भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जना संक्रमित थपिएका हुन्।कोरोना संक्रमणको दर औसतमा २४ दशमलब ०२ प्रतिशत रहेकोस्वास्थ्य मन्त्रालयले जनाएको छ। यो दरले केहीदिनयता कोरोना संक्रमणको दर बढ्दै गएको देखिएको डां .समिरकुमार अधिकारीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार