थप ३१२५ संक्रमित थपिए, १९२५ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २३ जनाको मृत्यु भएको छ ।

यो संगै मृतकको कुल संख्या ९ हजार ८९८ पुगेको छ । ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै २८ हजार ४०५ जना होम आइसोलेशनमा छन् भने ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ।

हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार