माघसम्म ५ करोड २२ लाख खोप आउँछ : उमेश श्रेष्ठ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी माघभित्र ५ करोड २३ लाख खोप प्राप्त हुने बताउनु भएको छ । सोमबार कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिनु भएको हो ।

उहाँले चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने बताउनु भयो । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उहाँले जानकारी दिनु भयो ।

सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धतालाई साकार बनाई नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पनि बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार