काठमाडौं : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहर आउन नदिन विज्ञहरूसँग छलफल गरेर पूर्वतयारीमा जुट्ने बताउनु भएको छ।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपाल ल्याइसकिएका कोरोनाविरूद्धका खोप छिटो लगाउने र बाँकी खोप पनि सरकारले आयात गर्ने बताउनुभयो । काठमाडौँबाहिर पनि कोरोनाविरूद्ध खोप पठाएर व्यवस्थित तरिकाले लगाउन मन्त्रालयले भूमिका खेल्ने बताउनु भयो ।
सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्धको खोप सबै नेपालीलाई लगाउने भएको बताउनुभएको छ । श्रेष्ठलाई आजै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो







